काठमाण्डौं – नोबल कोरोना भाइरस संगै मौलाएको स्यानिटाइजर उद्योगले अहिले मानव स्वास्थ्यलाई गंभिर असर पर्ने खालका स्यानिटाइजर उत्पादन गर्दै बजारमा बिक्री गरिरहेको छ । कतै तपाई पनि यस्ता स्यानिटाइजर त प्रयोग गर्दे हुनु हुन्न ? होसियार रहनु होला ।
उपत्यकाको ५ उद्योगले अहिले मानव स्वास्थ्यमा नै गंभिर असर पर्ने खालका स्यानिटाइजर उत्पादन गरेर बजार बिक्री गरीरहेको छ । विषाक्त रसायनयुक्त ति स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनीलाई सरकारले अहिले कारवाही प्रकृया थालनी गरिएको छ ।
औषधि व्यवस्था विभागले आफ्नो प्रयोगशालमा काठमाण्डौंको १ र भक्तपुरको १ उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइए पछि काठमाण्डौंको हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स का साथै भक्तपुरको नेपाल कायाकल्प उद्योग लाई कारवाही गर्न लागेको हो ।
विभागले ति उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स् ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न सूचना समेत जारी गरेको छ ।
विभागका अनुसार ती स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल प्रयोग गरेको पाइएको छ । स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न पाइँदैन ।





















