पोखरा – गण्डकी प्रदेशमा आज थप ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको ५ विभिन्न जिल्लामा ८३ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९०३ जना पुगेको छ ।
निर्देशनालयले ११ः०० बजे र १२ः०५ बजे सूचना जारी गर्दै नवलपुरमा ४२ जना, कास्कीमा ३४ जना, स्याङजामा ५ जना र गोरखा र लमजुङमा १÷१ जनामा कोरोना संक्रमण भएको जानकारी गराएको हो ।
संक्रमण देखिएका सबैको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा स्वाब परिक्षण गरिएको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबत्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।




