गोरखा – गोरखाको आरुपोखरीकी १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आरुघाट गाउँपालिका ८ आरुपोखरीकी ३१ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सनिबार ११ः०० बजे जारी गरेको पहिलो प्रेस विज्ञप्ती अनुसार गोरखा जिल्ला आरुघाट गाउँपालिका ८ आरुपोखरी घर भएकी ३१ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना देखिएकी महिला केही २ साता अगाडी राजधानीको सैनिक अस्पतालमा कोरोना संक्रमण भएर मृत्यु भएकी महिलाकी छोरी भएको पुष्टी भएको छ ।
आमाको मृत्यु पछि भाई संगै एउटै एम्बुलेन्समा राजधानीबाट आरुपोखरी आएकी ति महिलाको भाईलाइ समेत भाद्र २१ गते कोरोना संक्रमण देखिएको थियो । भाईलाइ कोरोना संक्रमण देखिए लगत्तै उनीलाई पालिकाले क्वारिन्टीनमा राख्दै आएको आरुघाट गाउँपालिकाका स्वास्थ्य प्रमुख बिजय श्रेष्ठले जानकारी दिए ।
आज संक्रमण देखिएकी महिलाको भाद्र २३ गते स्वाब संकलन गरेर पोखरा पठार्ईएको आज क्षयरोग उपचार केन्द्रमा भएको स्वाब परिक्षणमा उनमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।





















