गोरखा – जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो २ वटा वडालाई सिल गरेको छ ।
दुवै वडामा कोरोना संक्रमित ब्यत्ति देखा परे पछि पालिकाले वडा नम्बर ३ स्वाँरा र ४ सौरपानी सिल गरेको हो ।
पालिकाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै सम्भावित जोखिम न्यूनिकरण र संक्रमण फैलिन नदिन स्वारा र सौरपानी बजार क्षेत्रमा निषेधाज्ञा जारी भएको जनाएको छ ।
पालिकाले पहिलो पटक वडाहरु सिल गरेको हो ।



