गोरखा – गोरखा नगरपालिकाको निषेधाज्ञा भाद्र मसान्त सम्म लम्बीएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्ट र संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को संयुत्त बैठकले गोरखा नगरपालिकाको निषेधआज्ञालाई भाद्र मसान्तसम्म लम्ब्याउने निर्णय हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गदै कन्ट्याक्ट टे«सिङको नतिजा आउन बाँकी रहेको र जिल्ला स्वास्थ्य कार्यालयको राय र गोरखा नगरपालिको सिफारीस समेतको आधारमा संभावित संक्रमणलाई नियन्त्रण गर्न गोरखा नगरपालिका क्षेत्रभर २०७७/०५/३१ गते बुधबार राती १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
अघिल्लो पटक जारी गरिएको निषेधाज्ञा आज (शुक्रबार) राती १२ः०० बजे पछि सकिदै थियो ।



