गोरखा – गोरखाका प्रमुख जिल्ला अधिकारीको सुरक्षामा खटिएका २ जना सुरक्षकर्मी सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ ।
निर्देशनालय आज पाँचौ पटक जारी गरेको सूचनामा गोरखामा थप ५ जनामा कोरोना संक्रमण भएको हो । जस अनुसार प्रमुख जिल्ला अधिकारीको सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मी, गोरखा नगरपालिका ६ का ४९ बर्षिय पुरुष र बारपाक सुलिकोटका ३२ बर्षका १ जना पुरुष र ५० बर्षिया महिलामा संक्रमण देखिएको हो ।
गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीका अनुसार गोरखा नगरपालिका ६ का ४९ बर्षका पुरुष पाटेचौर निवासी हुन । उनी ब्यवसायी भएको पुष्टी भएको छ ।
यस्तै गरी आजै गोरखा नगरपालिका ६ अफिस एरियामा बस्ने १३ बर्षिया बालिका, अजिरकोटका ७८ बर्षिया महिला र भीमसेन थापा गाउँपालिकाका ४३ बर्षिया महिलामा समेत संक्रमण पुष्टी भएको थियो ।
गोरखामा यो सहित कुल संक्रमितको संख्या २०२ पुगेको छ । संक्रमित सबैलाई आइसोलेनमा लाने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




