काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा शुक्रबार थप १ हजार ४५४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित अब नेपालमा संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार देशभरबाट संकलित १० हजार ७०१ स्वाब परिक्षण गर्दा ९९१ जना पुरुष र ४६३ जना महिलामा संक्रमण देखिएको जानकारी दिए ।
यो नेपालमा कोरोना भाइरस संक्रमण फैलिए पछि कै सबैभन्दा धेरै संक्रमित हुनेको संख्या हो ।
उपत्यकामा ६९६ जनामा संक्रमण
उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डौंमा ६२० जना, भक्तपुर र ललितपुमा ३८÷३८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणबाट थप ५ जनाको मृत्यु
कोरोना संक्रमणका कारण शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । महोत्तरी, धनुषा, काठमाण्डौं र नवलपरासीमा १÷१ जना पुरुष र मोरङमा १ जना महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।


