गोरखा – गोरखामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
चितवन मेडिकल कलेज चितवनमा स्वाब परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
संक्रमण देखिएका मध्ये भीसेन थापा गाउँपालिका घर भई गोरखा नगरपालिका ६ अफिस एरियामा होटल गरी बस्ने १३ बर्षिया बालिकालाई समेत संक्रमण पुष्टी भएको छ । साता दिन अगाडी मात्र संक्रमित बालिकाकी आमाले बिष सेवन गरे पछि थप उपचारको लागि चितवन लगिएको थियो । आमाको उपचारमा बसेका ति बालिकामा समेत कोरोना पोजेटिभ देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै गरी अजिरकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकामा पनि १÷१ जनामा कोरोना संक्रमण देखिएको हो । अजिरकोटको ७८ बर्षिया महिलामा उत्त संक्रमण देखिएको छ भने भीमसेन थापामा ४३ बर्षिय महिलामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा जारी चौथो सूचनामा गोरखा नगरपालिका ६ की ३३ बर्षिया महिला भनिएता पनि उमेरमा त्रुटी देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।




















