काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दै छ ।
पार्टी भित्रैको किचलो र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग पछि स्थगित बैठक आज पुनः सुरु हुन लागेको हो ।
वैठकमा सहभागी हुने सबैलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको अध्ययनका लागि तयार पारिएको प्रस्ताव हिजो नै स्थायी समिति सदस्यलाई उपलब्ध गराइ सकिएको छ । तयार पारीएको प्रस्ताबहरुमा
पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्टगर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने बिषय समेत प्रस्ताव गरिएको छ ।
नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोरोना महामारीको रोकथाम, नियन्त्रण र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको प्रस्तावमा समेटिएको छ ।
मन्त्रिपरिषद् पुनःगठन लगायतका विषय पनि छलफलका प्रस्ताबमा समावेश गरिएको छ ।


