काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड १९)बाट आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा अब कोरोना संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित स्वाब मध्येबाट उत्त संख्याका मानिसहरुमा संक्रमण देखिएको हो ।जानकारी दिएको छ ।



