गोरखा – गोरखाको खस्टार क्षेत्र सिल गरिएको छ ।
गण्डकी गाउँपालिका ८ को खस्टार क्षेत्रमा समुदायमा नै कोरोना संक्रमण फैलिन थालेको भन्दै वडा कार्यालयले सिल गरेको हो ।
वडा कार्यालय आज एक सूचना जारी गर्दै वडा भित्र पर्ने लम्बु खोलादेखि ड्रमिखोलासम्मको क्षेत्र सिल गरिएको जनाएको छ । सूचनामा सिल गरिएको क्षेत्र बाहेक वडा भित्रका सवै ठाउँमा अत्याबश्यक बाहेका कुनैपनि पसलहरु तथा कार्यालयहरु अर्को सूचना जारी नहुदासम्मका लागि बन्द गर्न सवैलाई आग्रह समेत गरिएको छ ।
त्यस्तै वडा भित्रका सम्पूर्ण नागरिकहरुलाई अत्याबश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत सूचनामा भनिएको छ ।




