पोखरा – गण्डकी प्रदेशको ६ जिल्लामा आज ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कास्की, बागलुङ, तनहुँ, पर्बत, स्याङजा र नवपरासी जिल्लामा ४९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या २ हजार ७२८ जना पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ६ः४५ बजे एक सूचना जारी गर्दै ६ जिल्लामा आज बिहान ४९ जनामा संक्रमण देखिएको जानकारी गराएको हो ।
संक्रमण देखिएका मध्ये कास्कीको पोखरा महानगरपालिका १५, १९, २५ र ३२ मा १÷१ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी ५ मा १ जना महिला र १ जना पुरुषका साथै ८ मा ६ जना पुरुष र ७ जना महिला गरी १९ जनामा संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणका क्रममा बागलुङको जमिनी, बरेङ र गलकोटमा ३ महिला र ६ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ भने तनहुँको भिमादमा ३ जना पुरुषमा, पर्बतको ठेगाना नखुलेको १ जना पुरुष र स्याङजाको पुतलीबजार ५ जना महिला र ७ जना पुरुष गरी १२ जनामा संक्रमण पुष्टी भएको छ ।
उता नवलपुर (नवलपरासी)को कावासोती र देबचुलीमा पनि संक्रमण देखिएको छ । कावासोतीमा २ बर्षको बालक सहित ३ महिला र देबचुलीमा ४ बर्षका बालकमा संक्रमण पुष्टी भएको छ ।
सबैलाई जिल्ला सदरमुकामको आइसोलेसनमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ ।




