गोरखा – गोरखाको धार्चे गाउँपालिकामा पालिकामा बिपन्न समुदायलाई खरायो बितरण गरिएको छ ।
न्यून आय स्तर भएकाहरको आर्जन बढाउने उद्वेश्यका साथ गैर सरकारी संस्थाको सहयोगमा पालिका भित्रकाहरुलाई खरायो बितरण गरिएको हो ।
पुर्णिमा नामक गैर सरकारी संस्थाको सहयोगमा बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपंगता भएका परिवारको आयआर्जन बढाउन प्रति परिवार ३ वटा खरायो बितरण गरिएकोे गाउँपालिकाले जनाएको छ । खरायोबाट छिटो आम्दानी गर्न सकिने र यो क्षेत्रमा यसको माग पनि धेरै भएकोले चिन्चिला र अङ्खोरा जातको खरायो बितरण गरिएको समेत गाउँपालिको जनाएको छ ।
प्रति परिवार २ वटा पोथी र १ वटा भाले खरायो अनुदानमा बितरण गरिएको छ । कार्यक्रम अन्तरर्गत पालिका भित्रका ३२ घर परिवारलाई खरायो बितरण गरिएको छ ।




















