एजेन्सी – साउथ इण्डियन (तेलगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट आज निधन भएको छ ।
उनको बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण निधन भएको हो ।
ेउनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन् । उनी तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन् ।
जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए । ७४ वर्षको जयप्रकाश रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए । त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए ।




















