गोरखा – गोरखा क्याम्पसमा रहेको आइसोलेसनबाट २ दिनमा १३ जनालाई डिस्चार्ज गरीएको छ ।
गोरखा अस्पतालले एक सूचना जारी गर्दै २ दिनमा १३ जनालाई डिस्चार्ज गरेको जनाएको हो ।
जारी गरिएको सूचना अनुसार हिजो (सोमबार) र आज (मंगलबार) गरेर १३ जनाले कोरोना जितेर घर फर्किएको जनाएको छ । सोमबार कोरोना जितेर घर फर्किनेहरुमा गोरखा नगरपालिका वडा नम्बर ६ र १० को १/१ जना पुरुष र १३ को ३ जना पुरुष रहेका छन् ।
त्यस्तै गरी आज गोरखा नगरपालिका ८ का १ जना पुरुष र १३ को २ जना महिला र ३ जना पुरुषहरु पनि घर फर्किएका छन् ।
त्यस्तै गरी आजै सोही आइसोलेसनबाट गोरखा अदालतका १ जना कर्मचारी र पालुङटार नगरपालिकाका ४ का १ जना पुरुष पनि कोरोना जितेर घर फर्किएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
होम आइसोलेन बाहेक अब गोरखा क्याम्पसको आइसोलेनमा २० जना संक्रमित उपचाररत रहेका छन् ।





