काठमाण्डौं – बिगत ३ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्ला गरिएको छ ।
कृषि योग्य जग्गाको कित्ताकाट खुला गर्ने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खुलाउने निर्णय गरेको हो ।
भदौ १८ गते मन्त्रिस्तरियको निर्णयले कित्ताकाट खुलाउने निर्णय भएको हो ।
भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गा कित्ताकाट सम्बन्धी व्यवस्था खुला गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशनसमेत दिएको छ ।
सरकारले २०७४ असार १६ गते कित्ताकाट रोक्का गर्ने निर्णय भएको थियो । कृषि योग्य जमिन प्लटिङ गरेर खण्डिकरण गर्ने कार्य बढेसँगै कृषियोग्य जमिनको कित्ताकाट रोकिएको थियो ।





















