गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर संगठन कमिटीले नगरपालिका भित्र कोरोना नमुना परिक्षणको दायरा बढाउन माग गरेको छ ।
कोरोना संक्रमणको जोखिम समुदायस्तरमै देखिसक्दा पनि नगरपालिकाले नमुना परिक्षणमा समेत उचित ध्यान नदिएको भन्दै आज नगरप्रमुखलाई ध्यानकर्षण समेत गराएको हो ।
पार्टी नगरकमिटीका अध्यक्ष विवस चिन्तन सहितको एक टोली नगर प्रमुख दिपकबाबु कंडेललाई भेटी ज्ञापन पत्र बुझाउदै तत्काल नमुना परिक्षण दायरा बढाउन समेत माग गरेको छ ।
‘पत्रका ‘संक्रमण नियन्त्रका लागी नगरपालिका भित्र स्थापना भएका क्वारिन्टीन व्यवस्थित नभएको’ समेत उल्लेख गरेको छ । साथै ‘आँपपिपल हस्पिटलमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्रै सिमित राखिएको’ पत्रका आरोप लगाएको छ ।
संक्रमणका कारण समस्यामा परेका नागरिकहरुलाई राहत बितरणमा ध्यान पु¥याउन समेत पत्रमा माग गरिएको छ ।




