काठमाण्डौं – गएको बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका ६ जनामा नै कोरोना संक्रमण भएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार आज आएकोमा स्वाबको रिपोर्ट अनुसार ६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका ६ जनालाई नै ललितपुर प्रहरी परिसरमै राखिएको छ । झडपसँग सबन्धित घटनामा प्रहरीले १९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको छ ।


