गोरखा – गोरखामा आज कोरोना संक्रमण देखिएका मध्ये ४ जना सरकारी कर्मचारीहरु र १२ जना एका घरका परिवार भएको पुष्टी भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान जारी गरेको सूचना अनुसार गोरखाको २ नगरपालिकामा गरी १८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जस मध्ये गोरखा नगरपालिकामा देखिएको संक्रमण मध्ये ४ जना सरकारी कर्मचारी रहेको र १२ जना भने एकाघर परिवारको रहेका छन् ।
संक्रमण देखिएका मध्ये जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक, जिल्ला अस्पताल र राष्ट्रिय अनुसन्धानमा काम गर्ने कर्मचारीहरु रहेका छन् । पेशाले सवारी चालक, भान्से र स्वास्थ्यकर्मी समेत रहेका उनीहरुको केही दिन अगाडी लिईएको स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



