गोरखा – सनिबार गोरखा अस्पतालमा मृत्यु भएकी महिलाको शव ब्यवस्थापन गरिएको छ ।
मस्तिष्क घातका कारण मृत्यु भएकी महिलाको स्वाब परिक्षणका क्रममा कोरोना संक्रमण देखिए पछि उनको नेपाली सेनाले शव ब्यवस्थापन गरेको थियो ।
रण सिं दल गणका पिपिई लगाएका ३ जना जवानहरुले महिलालाई सम्मान साथ अन्त्यष्टी गरेका थिए । उनीहरुले सम्मानमा सलाम गरेका थिए ।
संक्रमित महिलालाई गोरखा नगरपालिका १२ को अबुवा क्षेत्रमा रहेको दरौदी नदी किनारमा खाडल खनेर पुरिएको थियो ।
शव एम्बुलेन्समा हालेर घाट तर्फ लादै
पिपिई लगाएका नेपाली सेनाका जवानहरु
बिगतमा शव ब्यवस्थापनमा स्थानियले अवरोध गरे पछि ठुलो संख्यामा प्रहरी परिचालन गरिदै
बिगतमा शव ब्यवस्थापनमा स्थानियले अवरोध गरे पछि ठुलो संख्यामा प्रहरी परिचालन गरिदै
शवलाई मेशिनमा राखेर लुदीखोला तारदै
शव ब्यवस्थापन पछि पिपिई खाडलमा पुरदै नेपाली सेनाका जवानहरु
शव सलाम गरेर सम्मान गर्दै नेपाली सेनाका जवानहरु





























