गोरखा – गोरखाको बुंकोटमा ५० लाख लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।
शहिद लखन गाउँपालिका ८ को लागि ५० लाख लागतमा वडा कार्यालय भवन निर्माणको सम्पन्न भएको हो ।
पालिकाले बिनियोजन गरेको ५० लाख रुपैयामा ४ कोठे भवन निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष काशीनाथ अम्गाईले बताए । आजैदेखि वडाको सवै सेवा नयाँ भवनबाट प्रदान गरिने वडाध्यक्ष अम्गाईले बताए ।
सन्तानेश्वर महादेव मन्दिर नजिकै बनेको भवनको आज (आइतबार) एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष रमेशबावु थापामगरले उद्घाटन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रसासकिय अधिकृत जीवन आलेमगर, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


