गोरखा – गोरखा अस्पतालको इर्मजेन्सी कक्षमा हिजो मृत्यु भएकी महिलाको आज नेपाली सेना द्वारा शव ब्यवस्थापन हुने भएको छ ।
गोरखा नगरपालिका ७ की ७५ बर्षिया महिलाको गोरखा नगरपालिका १२ को दरौदी खोला र लुदी दोभानको आसपास क्षेत्रमा शव ब्यवस्थापन हुने भएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टले आज (आइतबार) एक निर्णय गर्दै शव ब्यवस्थापन सम्वन्धी संक्षिप्त कार्यविधी २०७६, बमोजिम अन्त्ययष्टिका लागि यस क्षेत्रमा परम्परागत रुपमा प्रयोग हुदै आएको गोरखा नगरपालिका १२ स्थित दरौदी नदी र लुदीदोभान आसपासमा नेपाली सेनाको नेतृत्वमा शव ब्यवस्थापन गर्ने निर्णय गरेको हो ।
यसका साथै आजको बैठकले मृत्तक प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुका साथै उपचाररत संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।




















