गोरखा – गोरखामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण भएको हो । यो सहित गोरखामा संक्रमित हुनेको संख्या १७३ पुगेको छ ।
आज (आइतबार) संक्रमण देखिएकाहरुमा पालुङटार नगरपालिका १० का ३८ बर्षिय पुरुष र आरुघाट गाउँपालिका ६ को २८ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
संक्रमित भएका मध्ये पालुङटार नगरपालिकाका पुरुष केही दिन अगाडी चितवनबाट घर फर्किएर होम क्वारिन्टीनमा बस्दै आएका हुन भने आरुघाट गाउँपालिकाका पुरुष भने कन्ट्याक ट्रेसिङका क्रममा संक्रमण देखिएका ब्यत्तिहरु हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार जिल्लामा हाल सम्म संक्रमितको संख्या १७३ पुगेको छ । जस मध्ये जिल्ला स्वास्थ्य कार्यालय आफैल संकलन गरेको स्वाब १६१ जनाको हो भने बाहिरी जिल्लामा स्वाब संकलन भएर संक्रमण देखिएका १२ जना रहेका छन् ।
त्यस्तै गरी आज सम्म संक्रिय संक्रमितहरुको संख्या जिल्लामा ४५ जना रहेका छन । संक्रमित मध्ये आज सम्म २ जनाको मृत्यु भएको छ ।



