गोरखा – गोरखाको नाम्जुङ्गमा रहेको स्वास्थ्य चौकीसम्म पुग्ने सडक मर्मतलागि गाउँपालिकाले वेवास्ता गर्दा विरामीहरु मर्कामा परेका छन् ।
शहिद लखन गाउँपालिका ९ को नामजुङमा रहेको स्वास्थ्य चौकी जाने बाटोमा पहिरो आएर महिनादेखि अबरुद्ध हुदा पनि मर्मतमा पालिकाले ध्यान नदिएको हो ।
पहिरो खसेर सडक अबरुद्ध भएको लामो समय भयो, मर्मत वा पहिरो हटाउन गाउँपालिकाले चासै देखाएको छैन एक स्थानियले भने । गाउँपालिकाले चासो नदिएपछि उपचारका लागि आउने सबैले सास्ती ब्यहोनुपरेको समेत उनले बताए ।
अबरुद्ध सडकबाट स्वास्थ्य मान्छे पनि हिड्न सक्ने अवस्था छैन त्यस माथि पनि कुनै इर्मजेन्सी वाला बिरामी लगेर उपचार गराउनु परयो भने के होला ? अर्का एक स्थानियले उल्टै प्रश्न गरे । आफुहरुले अबरुद्ध सडक मर्मतका लागि वडा कार्यालय र गाउँपालिकालाई पटक पटक आग्रह गर्दा पनि कसैले पनि चासो नदिएको स्थानियको गुनासो छ ।
उता स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी श्रेष्ठले समेत वडा कार्यालय र गाउँपालिकालाई समस्याको बिषयमा पहिले नै अवगत गराएको तर आज सम्म पनि चासो नदिएको उनले बताए । श्रेष्ठले उपचार लागि आउने जो कोहीले पनि आफुलाई बाटोको बिषयमा गाली गर्ने गरेको समेत बताए ।
स्वास्थ्य चौकी जाने बाटोमा साउनको पहिलो साता परेको पानीले पहिरो खसेको थियो । स्थानियका अनुसार अबरुद्व उत्त सडक मर्मत मेशिन लगाएको खण्डमा १ घण्टामा नै मर्मत हुने समेत दावी गरे ।




















