गोरखा – सनिबार गोरखा अस्पतालमा मस्तिष्क घात बाट मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हिजो (सनिबार) दिउसो घरमा अचानक अचेत भए पछि उनलाई गोरखा अस्पतालको इर्मजेन्सी कक्षमा राखी उपचार गराउदा गराउदै मृत्यु भएको थियो ।
गोरखा नगरपालिका ७ घर भएकी ७५ बर्षिया बृद्वालाई यस अघि पनि चितवनमा उपचारका लागि लगिएको थियो ।
उनको उपचार सम्भव नभए पछि घर फर्काइएको थियो । घर आए लगत्तै उनको २ छोरा र १ बुहारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।
संक्रमण महिलाको शब ब्यवस्थापनका लागि नेपाली सेना तयारी अवस्थामा रहेको गणपती उज्वल केसीले बताए ।




