काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ४१ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा।जागेश्वर गौतमले देशभरबाट संकलित नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण
उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाण्डौंमा ३२६ जना, भक्तपुरका ४५ जना र ललितपुरका ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
थप ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।



