गोरखा – गोरखामा पहिलो पटक संक्रमित होम आइसोलेसन (आफ्नै घरमा) बसेका छन् ।
गोरखा नगरपालिका ६ तिनधारे क्षेत्रका १ बालिका र १ महिलालाई होम आइसोलेसनमा बस्ने अनुमती पाएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षण गर्दा उनीहरुमा हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टी भएको थियो ।
नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ केशको आइसोलेसन ब्यवस्थापन सम्वन्धी निर्देशिका बमोजिम स्वास्थ्य मापदण्ड अनुसार लक्षण नदेखिएका बिरामीले घरमा नै बस्न चाहेमा र स्वास्थ्य कर्मीले उपयुत्त ठानेको खण्डमा संक्रमित घरमा नै आइसोलेनमा बस्न सक्ने ब्यवस्था गरेको छ ।
नेपाल सरकारले स्वीकृत गरेको निर्देशिका अनुसार स्वास्थ्यकर्मीले मात्रै पनि बस्न ठिक छ भनेको खण्डमा स्थानिय निकायले कमाण्ड पोष्टलाई सो को जानकारी मात्र गराउने हो प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । ‘हामीले अझै सजिलोको लागि गोरखा जिल्लाको हकमा सम्वन्धीत वडाध्यक्ष र टोल बिकास समितिका अध्यक्षलाई समेत समेटेका छौ’ प्रजिअ भट्टराईले भने ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टले शुक्रबार ‘जिल्लाको विद्यमान आइसोलेसनको क्षमता न्यून हुने देखिएकोले होम आइसोलेसनमा बस्न सक्ने अवस्था रहेका लक्ष्ण नदेखिएका संक्रमितहरुलाई नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ केशको आइसोलेसन ब्यवस्थापन सम्वन्धी निर्देशिका बमोजिम स्वास्थ्य मापदण्ड पुरा हुने र सम्वन्धीत ब्यक्तिले होम आइसोलेसनमा बस्न निवेदन दिएमा …कवुलियत समेत गराई होम आइसोलेसनमा राख्ने निर्णय गर्न सक्ने’ भन्ने निर्णय गरेको थियो ।





















