गोरखा – गोरखा नगरपालिका भित्र कोरोना संक्रमितहरुको संख्या बढदै गए पछि आज दिउसो १२ बजे देखी भाद्र २७ गते सम्म निषेधाज्ञा जारी गरिएको छ ।
गोरखा नगरपालिकाको अनुरोधमा जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सिफारीसमा जिल्ला प्रशासन कार्यालय गोरखाले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले हिजै (शुक्रबार) अबेर राती सूचना प्रकाशन गर्दै ‘स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफाल (३) र संक्रमण रोग ऐन २०२० बमोजिम यो निषेधाज्ञा जारी गरिएको छ’ भन्दै ‘आदेशको अवज्ञा गरी कार्य गरे गराएको पाईएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ’ भनेको छ ।
चलाउन पाउने सवारी साधानहरु
एम्बुलेन्स, शबवहान, खाद्य सामाग्री बाहक सवारी साधानहरु, औषधी बोकेको सवारी साधन, कुखुराको चल्ला, पशुपक्षीको दाना बोकेको सावरी साधन, पानी/दुध/पेट्रोल ट्यांकर, तफफूत तथा तरकारी बोकेको सवारी साधन, कुटनितिक नियोगको सावरी साधन, निर्माण सामाग्री ढुवानीका सवारी साधन, प्रेस पास प्राप्त सवारी साधान र जिल्ला प्रशासन कार्यालयबाट अनुमती प्राप्त सवारी साधनहरु ।
चलाउन नपाउने सवारी साधानहरु
सार्वजनिक सवारी साधान (बस, ट्याक्सी, जिप), निजी सवारी साधान (चारपांग्रे, दुई पांग्रे)
खुल्ने सेवाहरु
अत्यावश्यक सरकारी सेवा (स्वास्थ्य, सुरक्षा, संञ्चार, बिद्युत, खानेपानी)
नखुल्न सेवा
अत्यावश्यक बाहेकका नियमीत सेवा, बैंक तथा बित्तिय संस्थाबाट प्रवाह हुने बाह्य सेवाहरु, सामाजिक संघसंस्थाका कार्यहरु
खुल्ने ब्यवसाय
औषधी तथा औषधी जन्य पसल, खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी, दुध, डेरी पसल (बिहान ७ः०० बजे देखी बिहान १०ः०० बजे सम्म र साँझ ४ः०० बजे देखी ६ः३० बजे सम्म)
नखुल्ने ब्यवसायहरु
होटल तथा रेष्टुरेन्ट, ब्यूटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, हार्डवयर पसल, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पासल र उद्योग कलकारखाना
प्रशासनले जारी गरेको सूचनामा ब्यत्तिहरुले पालना गनुपर्ने नियम समेत जारी गरिएको छ । जस अनुसार
अत्यावश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कने ।
निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिडने ।
भौतिक दुरी कायम गर्ने ।
मठमन्दिर, खेलमैदान लगायतका सार्वजनिक स्थलमा जम्मा नहुने, भिडभाड नगर्ने ।
धार्मिक, साँस्कृतीक र सामाजिक लगायतका कार्यको लागि भेला नहुने ।




