काठमाण्डौं – अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
उनले राजीनामा पत्र प्रधानमन्त्री केपी ओलीलाइ बुझाएका छन् ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय हितमा काम गर्दा केहीको चित्त दुःखेकाले आफू हट्नु परेको प्रतिक्रिया दिए ।
सरकार बाहिर बसेरै भए पनि सरकारलाई सहयोग गर्ने उनले बताए । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।


