गोरखा – नगर क्षेत्रमा कोरोना संक्रमित बढे संगै भोली सनिबार मध्यान्न १२ बजे देखी साता दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला स्तरीय कमाण्ड पोष्टको शुक्रबार साँझ बसेको बैठकले गोरखा नगरपालिका क्षेत्रलाई आगामी भाद्र २७ गते सम्म निषेधाज्ञा जारी गरेको हो ।
जिल्लामा आज एकै दिनमा २२ जना कोरोना संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका भित्र मात्रै २० जना संक्रमित पुष्टी भएको थियो । संक्रमित मध्ये गोरखा नगरपालिका १३ मा १४ जना, ७ मा ३ जना, ६ मा २ जना र ८ मा १ जनामा संक्रमण देखिएको हो ।
संक्रमण बढ्दै गएको भन्दै रोकोना रोकथाम तथा नियन्त्रणका लागि साता दिनको निषेधाज्ञा गर्ने निर्णय भएको गोरखा नगरपालिका मेयर राजनराज पन्तले बताए ।


