काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १ हजार ३५९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण
उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाण्डौंमा ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
थप १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।



