काठमाण्डौ – मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।
बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ ।
खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिने बताएका छन् । हालसम्मको सहयोगका लागि भन्दै प्रधानमन्त्री ओलीले खतिवडालाई धन्यवाद दिएका छन् ।
राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।


