गोरखा – गोरखा सदरमुकामा आज ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित ब्यक्ति गोरखा नगरपालिका ६ को भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।
संक्रमित सबै कन्ट्रयाक्ट्र टेसिङ मार्फत स्वाब संकलन गरिएका ब्यत्तिहरु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आजै गोरखा नगरपालिका १३ को १४ जना र शहिद लखन र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टी भई सकेको छ । आज मात्रै गोरखामा संक्रमितहरुको संख्या २२ पुगेको छ । यो सहित गोरखामा सक्रिय संक्रमितहरुको संख्या ४२ पुगेको छ ।




