गोरखा – गोरखामा आज एकै दिनमा १६ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका, अजिरकोट र शहिद लखन गाउँपालिकाका गरी १६ जनामा संक्रमण देखिएको हो । आज संक्रमण देखिएकाहरुमा ७ जना पुरुष र ९ जना महिला रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका १३ का ९ महिला र ५ पुरुष सहित १४ जना, अजिरकोट र शहिद लखन गाउँपालिकामा १/१ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार अजिरकोट गाउँपालिकाका पुरुष भारतबाट आएका हुन भने गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाका सबैजना कन्ट्याक ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका ब्यत्तिहरु हुन् ।
सबैलाई गोरखा सदरमुकाममा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले जारी गरेको सूचनामा गोरखा नगरपालिकामा १५ जना देखिएता पनि सूचना गलत भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।



