गोरखा – गोरखामा स्थापना भएको कर कार्यालयमा कर्मचारी अभाव भए पछि सेवाग्राही मर्कामा परेका छन् ।
भाद्र १५ गतेदेखि शुरु भएको करदाता सेवा कार्यालयमा कर्मचारीको अभाव भए पछि सेवाग्राही मर्कामा परेका हुन् ।
गोरखाको करदातालाई लक्षित गरी स्थापना गरिएको सेवा कार्यालयमा स्थापना देखी नै कर्मचारी अभावमा चल्दै आएको छ । ६ जना कर्मचारीको दरबन्दी भएको कार्यालयमा अहिले २ जनाले मात्र सेवा दिदा करदातालाई समस्या परेको हो । करदाता सेवा कार्यालयका प्रमुख करअधिकृत रमेश खड्काका अनुसार कर्मचारी नभएकै कारण कार्यालयबाट दिईने करचुक्ता प्रमाण पत्र दिन नसकिएको बताए । खड्का अनुसार १ जना नायब सुब्बा आएको खण्डमा जिल्लाबाट नै कर चुक्त्ता प्रमाण पत्र दिने सकिने समेत जानकारी दिए ।
कर्मचारीको अभावका ठूला करदाताहरुको करचुक्ता प्रमाणपत्र लिन अहिले पनि दमौली कार्यालयमा नै जानुपर्ने करदाताको बाध्यता रहेको छ । तर पनि सेवा कार्यालयले कर चुक्ता प्रमाण पत्र दमौलीको कार्यालयबाट इमेल मार्फत मगाएर प्रिन्ट गरेर दिने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले अहिले आन्तरीक राजश्व कार्यालय दमौलीकै नाममा नयाँ स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र, पान नम्बरमा व्यवसायीको नाम परिवर्तनदेखि करदाताका सबै काम गर्दै आएको छ ।




















