बागलुङ – बागलुङको ढोरपाटनमा गए राती आएको बाढीमा परि १२ जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता भएका छन् ।
नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर १२ जनाको मृत्यु भएको हो भने ४२ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीमा परी ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने अनुमान रहेको छ ।
राती १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन ७, ८ र ९ का ३१ घर बगाएको थियो । मृतकमध्ये ४ जना पुरुष र १ बालिकासहित ८ जना महिला छन् ।
बेपत्ताको नामावलीः
- ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने वर्ष २०/२२ को जीवन बिक
- ऐ.ऐ.बस्ने वर्ष २३/२४ को नारायण बिक ।
- ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०/२१ कि टेकमाया बिक
- निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका
- ऐ.ऐ. बस्ने वर्ष १५/१६ कि मनिषा बिक
- ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक
- निजको छोरा वर्ष ९/१० को रोशन बिक
- निजको छोरा वर्ष ४/५ को रवि बिक
- नाम नखुलेको १५ दिनको बच्चा १
- ऐ.ऐ.बस्ने वर्ष २५/२६ कि मन कुमारी बिक
- ऐ.ऐ.बस्ने वर्ष २५/२६ कि केशमाया बिक ९ लास फेला परेको
- ऐ.ऐ. बस्ने वर्ष २९/३० को प्रेम पुन
- ऐ.ऐ.बस्ने भुसुन्डे बस्ने वर्ष २०/३० कि कुमारी बिक
- ऐ.ऐ.बस्ने वर्ष १४/१५ को समुन्द्र बिक
- ऐ.ऐ.बस्ने वर्ष १०/१२ कि पुनम बिक
- ऐ.ऐ.बस्ने वर्ष ३०/३१ को जीत बहादुर घर्ती
- ऐ.ऐ.बस्ने वर्ष ४३/४४ को राजु घर्ती
- ऐ.ऐ.घट्टेबोट बस्ने वर्ष ३५/३६ कि करमती बुढा
- बस्ने वर्ष ३५/३६ कि रिना कुमारी घर्ती
- ऐ.ऐ.बस्ने वर्ष २०/२२ कि दिलमया पुन
- निजको छोरी वर्ष ३/४ कि प्रकृति पुन
- ऐ.ऐ.बस्ने वर्ष ६०/६१ कि डोटी पुन
- ऐ.ऐ.सानो कुगु बस्ने वर्ष ३५/३६ को हेम बहादुर बिक
- ऐ.ऐ.बस्ने श्रीमती वर्ष ३४/३५ कि उजेली बिक
- ऐ.ऐ.बस्ने छोरा वर्ष ८/९ को दलु बिक
- ऐ.ऐ.बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको
- ऐ.ऐ.बस्ने वर्ष ४०/४१ को कर बहादुर बिक
- ऐ.ऐ.बस्ने श्रीमती वर्ष ३७/३८ कि हस्तमाया बिक
- ऐ.ऐ.दुनेपधेरा बस्ने वर्ष ६०/६५ कि तुलमती घर्ती
- ऐ.ऐ.लाकुरी बोट बस्ने वर्ष ५५/५६ कि कौशिला पुन
- ऐ.ऐ.निजको छोरा वर्ष २०/२१ को विशाल पुन
- ऐ.ऐ.पावरहाउस बस्ने वर्ष २५/२६ कि धनमाया बिक
- ऐ.ऐ.निजको छोरा वर्ष २/३ को नाम नखूलेको बालक
- ऐ.ऐ.सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार
- जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४/२५ को नबिन भण्डारी
- जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना




















