गोरखा – गोरखाको पालुङ्टारमा रहेको साधाकृण्ण मन्दिरमा चोरी भएको छ ।
पालुङटार नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिरमा गएराति चोरी भएको हो ।
मन्दिर संगै रहेको दान बाकस फुटाईएको र पैसा छरिएको अबस्थामा फेला परेपछि मन्दिरमा चोरी भएको खुलेको ठाटीपोखरी प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नहरुको खोजी भई रहेको प्रहरीले जनाएको छ । चोरी गर्ने समूहले मन्दिर भित्र रहेको अर्को दान पेटिका पनि फुटाएर पैसा लगेको प्रहरीले जनाएको छ ।


