काठमाण्डौं – भारत सरकारले पबजीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।
केही समय अगाडी मात्रै भारत र चीन बिच लद्दाखमा तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाउने कामको थालनी गरेको थियो ।
भारतको सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै त्यस्ता एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएकाले प्रतिबन्ध लगाएको उल्लेख छ ।
‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो’ विज्ञप्तिमा भनिएको छ ।
लद्वाखको भिडन्त पछि भारतले चीनमा विकसित एप्सहरुको माध्यमबाट मोबाइलका डाटा चोरी गरेको आरोप लगाएको छ ।
भारत सरकारले यसअघि जुन महिनामा पनि लद्दाखमा चिनियाँ सेनासँग भिडन्त भएपछि चीनसँग सम्बन्धित ५९ मोबाइल एप्स बन्द गरेको थियो, जसमा टिकटकसमेत समावेश छ ।






