हुम्ला – हुम्लाको रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।
सर्केगाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन ।
एउटा घरबाट सुरु भएको आगोले नजिकका अन्य घरहरु पनि जलेर नष्ट भएको हुम्ला प्रहरीले जनाएका छन् । आगलागीबाट घरभित्र रहेका सबै अन्नपात, लत्ताकपडा र नगद तथा गरहगना जलेका छन् ।
आगो प्रहरी, स्थानीय र रोडिकोट नजिकका गाउँका मानिस समेत भएर राति अबेर नियन्त्रणमा लिएको बताइएको थियो ।
दुर्गमस्थल भएकै कारण आगोले के कति क्षति पुर्याएको छ पुर्ण विवरण आउन सकेको छैन ।
साँकेतिक तस्बिर


