गोरखा – वेवारिसे अवस्थामा रहेका एक बालकलाई छेवेटार बजारबाट उद्वार गरिएको छ ।
उद्वार गरिएका बालकलाई मानव सेवा आश्रम गोरखामा संरक्षणका लागि राखिएको छ ।
गोरखा नगरपालिका १० छेवेटार लामो समय देखी वेवारिसे अवस्थामा रहदै आएका भिमराज लामा नाम भएका बालकलाई उद्धार गरि आश्रम ल्याईएको आश्रमकी मुना मानव सेवाले जानकारी गराईन ।
आफु सानो छदैमा आमा अर्कै संग गएको र बाबुले पनि अर्कै बिहे गरे पछि बालक अलपत्र परेको आश्रमका मुनाले बताईन
। उद्वारका लागि गोरखा नगरपालिका १० का वडाध्यक्ष देवीबहादुर बस्नेतले समन्वय गरिदिएको आश्रमले जनाएको छ ।



