जनकपुर – जनकपुरको जोगियाराकी अमिरुल खातुनको मृत्यु भएको छ । हिजो राती एकै पटकमा चम्ल्याहा बच्चाको जन्म दिएकी उनको अवस्था गंभिर भएको थियो ।
विदेह नगरपालिका ७ जोगियारा टोलकी खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति शल्यक्रियामार्फत ३ छोरी र १ छोराको जन्म दिएकी हुन् ।
खातुनलाई बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिए पछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा दिउँसो मृतयु भएको अस्पतालले जनाएको पुष्टी गरेको छ ।
आमाको मृत्यु संगै सबै बच्चाहरुको स्वास्थ्य अवस्था समेत अस्थिर देखिएको अस्पतालले जनाएको छ । अहिले सबैलाई बच्चालाई एनआईसीयूमा राखेर उपचार भई रहेको छ ।





















