जनकपुर – जनकपुरको जोगियाराकी एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् ।
विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार राती काब्या अस्पतालमा चम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।
यस्ता घटनालाई निकै दुर्लभ घटना मानिन्छ । अरमानाले ३ छोरी र १ छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल १ किलो ५०० ग्राम र छोरीहरुको तौल १ किलो २५० ग्राम रहेको अस्पतालले जनाएको छ ।
जन्मिएकामध्ये तीन शिशु स्वस्थ छन् । एकको अवस्था अस्थिर छ । त्यस्तै गरी अरमाना अवस्था पनि गम्भिर रहेको अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।
शिशु र आमाको काव्या अस्पतालमै उपचार भईरहेको छ ।


