तनहुँ – आँबुखैरेनीको ऐना पहरा नजिकैबाट मस्र्याङदी नदीमा गाडी खसेको आशंकामा सवारीको खोजबिन सुरु गरिएको छ ।
आज (बुधबार) बिहान ६ बजेको समयमा आँबुखैरेनीबाट मुग्लीनतर्फ जादै गरेको सवारी खसेको अनुमानमा खोताखोरले खोजबिन सुरु गरेको हो ।
खैरेनी प्रहरीका अनुसार अहिले सम्म पनि कस्तो प्रकारको सवारी मस्र्याङदी नदीमा खसेको हो भन्ने बारे यंकिन गर्न सकिएको छैन ।
शसत्र प्रहरीको कुरीनटारमा रहेको गोताखोरको टोलीले अहिले गाडी खसेको अनुमान गरेको नदी क्षेत्रमा खोजबिन गरिरहेको छ । विस्तृत विवरण भने आउनै बाँकी छ ।




















