चितवन – चितवनमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन र राजधानीको ल्याबमा गरिएको स्वाब परिक्षणका क्रममा आज थप ४१ जनामा संक्रमण पुष्टी भएको हो ।
भरतपुर अस्पताल कोभिड ल्याव र राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा संक्रमण पुष्टि भएको छ ।
प्राप्त विवरण अनुसार टेकुमा गरिएको परिक्षणमा भरतपुरका १३ जनामा संक्रमण देखिएको छ । त्यस्तैगरी भरतपुर कोभिड ल्यावमा गरिएको परिक्षणमा भरतपुरका २६, रत्ननगरका १ जना र राप्ती नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर ल्याबमै नवलपुर, धनुषा, रुपन्देही र बाराका व्यक्तिमा पनि संक्रमण देखिएको ल्याबले जानकारी दिएको छ ।



