गोरखा – गोरखा क्याम्पसमा त्रिबीले जारी गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् ।
क्याम्पसका आंशिक प्राध्यापकहरुले विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ आफुहरु अनुकुल नभएको भन्दै जलाएका हुन ।
गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरु आफुलाई करार गर्नुपर्ने माग राख्दै केही समय देखी आन्दोलन गरिरहेका छन् ।
माग पूरा गर्न भन्दै यसअघि क्याम्पस प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालावन्दी गरेका थिए । क्याम्पसमा हाल २३ जना आंशिक प्राध्यापकहरु कार्यरत रहेका छन् ।


