पोखरा – गण्डकी प्रदेशको एक जिल्लामा १४ दिनकाको नाबालकमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
लमजुङ बेशीसहरकी ति बालिकामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले मंगलबार बिहान ११ः२५ बजे सूचना जारी गर्दै १४ दिने नाबालकमा संक्रमण भएको जानकारी गराएको हो । नाबालकको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भई रहेको छ ।
लमजुङमा केही दिन यता संक्रमण बढ्दो रहेको छ । आज मात्रै लमजुङमा २६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये अस्पतालमा कार्यरत १ जना, ग्लोबल आईएमई बैंकमा कार्यरत ५ जना, नेपाल प्रहरीमा कार्यरत ४ जना र १ जना महिला पत्रकार भएको सूचनामा भनिएको छ ।
त्यस्तै गरी नवलपुरमा १० जनामा संक्रमण देखिएको छ । बिनयत्रिवेणी र देबचुली नगरपालिकामा गरी १० जनामा कोरोना संक्रमण देखिएको हो ।
यता बागलुङमा १ जना र कास्कीको पोखरा महानगरपालिका ६ र १३ मा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरुको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा स्वाब परिक्षण गरिएको हो । गण्डकी प्रदेशमा यो सहित संक्रमितहरुको कुल संख्या २ हजार २०५ जना पुगेको छ ।




