गोरखा – गोरखा उद्योग बाणिज्य संघमा उद्योगी ब्यवसायीलाई सेवा दिन सहयता कक्ष स्थापना गरिएको छ ।
पूर्णिमा कार्यक्रम अन्तरर्गत ‘नेपालमा भूकम्प पश्चातको पुनर्लाभका लागि संयुत्त अघिराज्यको सहयोग कार्यक्रम’ले सहयाता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षले उद्योगी ब्यवसायीहरुलाई सेवा प्रवाह गर्न संघले स्थानिय सरकार, घरेलु तथा सना उद्योग महासंघ, निर्माण ब्यवसायी संघ गोरखा, जिल्ला लघु उद्यमी महासंघ लगायत अन्य सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वयमा सहकार्य गर्दै आएको कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले बताए ।
सहयता कक्ष स्थापना लगत्तै ब्यवसायीहरुलाई ब्यवसाय दर्ता नवीकरणमा सहजिकरण, प्यान, भ्याट दर्ता र कर चुक्ता प्रमाण पत्र लिनका लागि सहजिकरण, ऋणका लागि बित्तिय संस्थाहरुमा पेशगनुपर्ने कागजात तयारपारी दिने जस्ता काममा गर्दै आएको पूर्णिमा कायक्रमले जनाएको छ ।
पछिल्लो सयम कोरोना महामारी संगै पूर्णिमाले जिल्ला भित्रका ब्यवसायीहरुको समस्यालाई लिएर बिज्ञहरु संग जुम मिटीङ तथा सवाल जवाफ र सहजीकरण गर्दै आएको छ ।
यस्ता कार्यक्रमहरुमा ब्यवसायीहरु स्वतस्फुर्त रुपमा संघमा आएर कार्यक्रममा सहभागी हुने गरेको निजी क्षेत्र विकास कार्यक्रम (पूर्णिमा) कार्यक्रमका व्यवसाय सहायता अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।




















