चितवन – चितवनको फिस्लिङ क्षेत्रमा आज बिहान एम्बुलेन्स दुर्घटना भएको छ ।
इच्छाकामना गाउँपालिका ३ को फिस्लीङ पानीधारा भन्ने स्थानबाट एम्बुलेन्स त्रिशुली नदिमा खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ५ जना घाईते भएका छन् ।
आज (मंगलबार) बिहान अन्दाजी ५ः१५ बजेतिर काठमाण्डौंबाट बिरामी लिएर सर्लाही तर्फ जादै गरेको ना. ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको मुग्लीन प्रहरीले जानकारी दिएको छ ।
एम्बुलेन्समा सवार ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एम्बुलेन्स चालक झापा जिल्ला गौरीगन्ज गाउपालिका १ बस्ने बर्ष २८ को सरोज दाहाल, सर्लाही बरहथवा नगरपालि २ बस्ने बर्ष ५० की दिलमाया राना मगर, सोही स्थानका बर्ष १५ की बाधे राना मगर, बर्ष २६ की मेककुमारी राना मगर र बर्ष ३४ को नरबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै प्रहरीले उद्वार गरि उपचारका लागि भरतपुर ल्याएको छ । दुर्घटनामा परी बाधे राना मगर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।




















