काठमाण्डौं – गोरखा घर भएकी १ जना महिलाको कोरोना संक्रमणबाट राजधानीमा आज मृत्यु भएको छ ।
जिल्लाको आरुघाट गाउँपालिका घर भएकी ६५ बर्षिया महिलाको उपचारको क्रममा काठमाण्डौंको छाउनी स्थित नेपाली सेनाको अस्पतालमा ज्यान गएकोे पुष्टी हो ।
स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार मृतक महिला २ महिना अगाडी नै गोरखाबाट काठमाण्डौं गएकी थिईन । मृत्तक महिलाको छोरा नेपाली सेनाका जागिरे भएका कारण उनलाई छाउनीको नेपाली सेनाको अस्प्तालमा भर्ना गरिएको थियो ।




















