गोरखा – गोरखामा आज फेरी २ जना कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका ६ का २१ बर्षका पुरुष र १३ को १२ बर्षिया बालिकामा संक्रमण पुष्टी भएको हो ।
गोरखा नगरपालिका ६ तिनधारे क्षेत्रका २१ बर्षका पुरुष लमजुङमा रहदा आफ्नो साथीलाई कोरोना पोजेटिभ देखिए पछि घर आएको र गोरखा बजारमा स्वाब दिएका थिए ।
त्यस्तै गरी गोरखा नगरपालिका १३ को १२ बर्षिया बालिकाको भने कन्ट्रयाक ट्रेसिङका क्रममा कोरोना पुष्टी भएको हो । देउराली दराई गाउँकी उत्त बालिकाको १ जना पुरुष केही दिन अगाडी मात्रै कोरोना संक्रमणबाट चितवनमा ज्यान गएको थियो ।
दुवै संक्रमितलाई गोरखा क्याम्पसमा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
दुवै जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षण गरिएको हो ।






